
अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माले चलचित्रको पर्दामा अहिलेसम्म सहकार्य गरेका छैनन् ।
यद्यपी, यी दुई अभिनित म्युजिक भिडियोहरू भने निरन्तर आइरहेका हुन्छन् । उनै, पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको नयाँ गीतको म्युजिक भिडियो सोमवार सार्वजनिक गरिएको छ ।
रानी शाक्यको युट्युब च्यानलबाट सार्वजनिक गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
गीतको भिडियोमा पुष्प र पूजा रोमान्टिक देखिएका छन् ।
भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।
माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् ।
उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।