१२ साउन २०८३, मंगलबार

रूस बिना खाद्यान्न सम्झौता जारी राख्नु ‘जोखिमयुक्त’

कात्तिक १४, २०७९
रूस बिना खाद्यान्न सम्झौता जारी राख्नु ‘जोखिमयुक्त’

सामुद्रिक सुरक्षा करिडोरमार्फत महत्वपूर्ण युक्रेनी खाद्यान्न निर्यात गर्न अनुमति दिने सम्झौताबाट पछि हटेपछि रूसले सोमबार आफ्नो सहभागिता बिना सम्झौता कार्यान्वयन जारी राख्नु ‘जोखिमयुक्त’ हुने बताएको छ ।

'रूसले यी क्षेत्रहरूमा नेभिगेसनको सुरक्षाको ग्यारेन्टी गर्न असम्भव  हुने बारेमा कुरा गरिरहेको अवस्थामा, यस्तो सम्झौता सम्भव छैन' क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भने,  'यसले फरक स्वरूप लिन्छ र यो धेरै जोखिमपूर्ण हुनसक्छ ।'

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युक्रेनसँग भइरहेको खाद्यान्न सम्झौतामा आइतबार रूसले आफ्नो सहभागितालाई स्थगन गरेको थियो । रूस र युक्रेनबीच युद्ध चर्किरहेका बेला शनिबार क्रिमियामा युक्रेनी ड्रोन आक्रमण भएपछि रूसले उक्त सम्झौता अनिश्चितकालका लागि स्थगन गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्