०४ साउन २०८३, सोमबार

नो नट अगेन अभियानलाई रोक लगाउने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

कात्तिक १४, २०७९
नो नट अगेन अभियानलाई रोक लगाउने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  शिखर ल एशोसियटसका प्रमुख अधिवक्ता अनिल आचार्यले  नो नट अगेन अभियानलाई रोक लगाउने गरी निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । 

आयोगले नो नट अगेन अभियानको सन्दर्भमा विज्ञप्ति जारी गरी जानताको मनोबिज्ञानलाई नै त्रसित पार्ने गरी स्वतन्त्रता तथा सञ्चारको हक माथि बन्देज खोजेको रिट निवेदनमा भनिएको छ । 

‘उक्त कार्यबाट म र सार्वभौम जनताको संबिधान प्रदत्त मौलिक हक माथि बन्देज लगाउने र उक्त कार्यबाट निवेदक समेतलाई अपुरणीय क्षती हुने भएकोले उक्त मितिः २०७९/७/८ गतेको निर्वाचन आयोगको पत्र हाल कार्यान्वयन नगर्नु भनि विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश समेत जारी गरीपाऊ’, निवेदनमा भनिएको छ । मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्