मुटुलाई स्वस्थ राख्नका लागि म्याग्नेशियम अत्यावस्यक हुन्छ ।
अतः म्याग्नेशियम प्रशस्त मात्रामा पाइने खानेकुरा सेवन गर्नु मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छ ।
तर, कुन कुन खानेकुरामा म्याग्नेशियम पाइन्छ ? योबारे भने धेरै मानिस अनविज्ञ रहने गरेका छन् ।
तसर्थ यहाँ म्याग्नेशियम पाइने केही खानेकुराहरूको चर्चा गरिएको छ ।
डार्क चकलेट
डार्क चकलेटमा म्याग्नेशियम सहित पौष्टिक तत्व समेत हुन्छ ।
‘न्यूट्रिएन्ट्स’मा प्रकाशित एक रिर्सचका अनुसार, यसमा आइरन, कपर र म्याग्नेशियमको मात्रा अधिक हुन्छ । यसमा फ्लेवनोल्ससमेत हुन्छ, जसले मुटुलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।
केही अनुसन्धानहरूले पुष्टि गरेका छन् कि, फ्लेवनोल्स एक शक्तिशाली एन्टीअक्सिडेन्ट हो, जसले शरीरमा रहेको खराब कोलेस्ट्रोलको स्तरलाई कम गर्छ । यसले मुटु रोगको जोखिम समेत कम गर्छ ।
नट्स
मुटु स्वस्थ राख्नका लागि नट्स निकै उपयोगी हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुणसमेत पाइन्छ । नट्सको सेवनले ब्लड सुगर र कोलेस्ट्रोलको स्तरलाई सन्तुलनमा राख्न सहयोग गर्छ । स्वस्थ रहनका लागि हरेक दिन एक मुट्ठी नट्सको सेवन लाभदायक मानिन्छ ।
केरा
केरामा पोटाशियमको मात्रा अत्याधिक हुन्छ । पोटाशियमले मुटुमा रोग लाग्नबाट जोगाउने हुँदा केरा सेवन उपयुक्त हुन्छ ।
यसमा म्याग्नेशियम र पोटाशियम दुवै पाइन्छ । तसर्थ हरेक दिन केरा सेवन गर्नु मुटु स्वस्थ राख्ने एक उत्तम उपाय पनि हो ।
हरियो सागसब्जी
हरियो सागसब्जीमा म्याग्नेशियमको मात्रा अधिक हुन्छ । पालक, मेथी लगायतका सागसम्बीमम म्याग्नेशियम हुने हुँदा दैनिक खानामा यो सामेल गर्नु उपयुक्त हुन्छ ।
यसको सेवनले मुटु स्वस्थ राख्न सहयोग पुग्छ ।
बियाँ
चिया, सूर्यमुखी तथा फर्सीको बियाँहरूमा प्रशस्त मात्रामा म्याग्नेशियम पाइन्छ । यसको सेवनले मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
म्याग्नेशियमका साथसाथै यसमा आइरन, मोनोसेचुरेटेड फ्याट अधिक मात्रामा हुन्छ । जसले मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।