
दाङ २४ साउन - युवतीको प्रयोग गरी हत्या गरिएका दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको सम्झनामा मंगलवार गाइजात्रा निकालिएको छ ।
गाइजात्राको अवसर पारेर तुलसीपुरमा शान्ति पदयात्रा समेत गरिएको छ ।
दाङका समाज सेवी व्यवसायी श्रेष्ठलाई युवती प्रयोग गरी अपहरण गरेर हत्या गरिएको थियो । श्रेष्ठको हत्यामा संलग्न युवतीलाई प्रहरीले नियन्त्रणका लिइसकेको छ ।
स्थानीय युवति पूजा घर्तीलाई प्रयोग गरेर श्रेष्ठको हत्या गरिएको प्रहरीको अनुसन्धानले देखाएको थियो ।
तस्वीरः सरद रेग्मीको फेसबुकबाट