०४ साउन २०८३, सोमबार

जुम्लामा ८७८ कर्मचारी निर्वाचनमा खटिने

कात्तिक १५, २०७९
जुम्लामा ८७८ कर्मचारी निर्वाचनमा खटिने

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा ८७८ कर्मचारी खटिने भएका छन् ।

निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक लगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए ।

जिल्लाभर १०६ मतदान केन्द्र र ८३ मतदानस्थल कायम गरिएको छ । प्रतिमतदान केन्द्रमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ५ सहायक कर्मचारी र १ कार्यालय सहयोगी कर्मचारी रहने छन् । ४ स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाका १ प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यका लागि जिल्लाका ८ वटै स्थानीय तह गरी ६८ हजार ६३८ मतदाता छन् ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष १८ हजार ८७८, महिला १७ हजार ९०५ गरी जम्मा ३६ हजार ७८३ मतदाता छन् । क्षेत्र नम्बर २ मा पुरुष १६ हजार ८२२, महिला १५ हजार ३३ गरी जम्मा ३१ हजार ८५५ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

मतदाता शिक्षाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी वडासचिव र महिला स्वयंसेविकालाई परिचालन गरिने छ ।

मतदाता शिक्षाका लागि जिल्लास्तरीय समितिसमेत गठन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लामा ८०० म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्