२२ जेठ २०८३, शुक्रबार

बाटोमा हिँड्दा यस्ता जीव देखिन्छन् भने सोच्नुहोस् केही हुनेवाला छ

कात्तिक २०, २०७४
बाटोमा हिँड्दा यस्ता जीव देखिन्छन् भने सोच्नुहोस् केही हुनेवाला छ

तपाईले सायद याद गर्नुभएको छ होला, पुरानो जमानाका लगभग सबै सुपर हिरोसँग कुनै न कुनै पंक्षी या जनावर हुन्थे । आज पनि मानिसहरु आफूलाई मन परेको जनावर पाल्ने गर्छन् । अमेरिकनहरुमा एक विश्वास छ कि, हरेक जनावर एक ऊर्जाको प्रतिक हुन्छ । त्यसैले त्यस्ता जनावरलाई साथमा राख्नु अथवा बाटो हिँड्दा त्यस्ता जनावर देखिनुको केही विशेष अर्थ हुन्छ ।

जस्तो कि तपाई कुनै कामका लाटि घरबाट निस्किुनभयो भने बाटोमा कुनै जनावर भेटिन्छन् । बाटोमा हिँड्दा जनावरको चित्र देखियो भने पनि त्यसले तपाई जुन कामका लागि निस्किुनु भएको हो, त्यो सम्पन्न हुन या हुँदैन भन्ने पूर्व संकेत दिन्छ ।

यो आलेखमा हामीले कुन जनावर देख्दा कस्तो संकेत मिल्छ भन्ने जानकारी दिन लागेका छौं । ताकि तपाईलाई आफ्नो आगामी काम र भविश्यबारेको पूर्व संकेत पहिचान गर्न सजिलो होस् ।

बाज
बाजको आँखा ठूलो र तेजिलो हुन्छ । यसकारण यदि कुनै दिन तपाईलाई बाटोमा बाज तथा त्यसको तस्वीर देखियो भने यसले तपाईको जिन्दगीमा हरेक चीजमा राम्ररी ध्यान दिने इशारा गर्छ ।

यसको अर्थ यो पनि हुन्छ कि, अब तपाईको लाईफमा कुनै यस्तो चीज या परिस्थिति आउने वाला छ, जसमाथि तपाईले विशेष रुपमा ध्यान दिनु जरुरी छ । यसको अर्थ यो पनि हुन्छ कि अबको केही दिनमा तपाईलाई ठूलो सबक मिल्नेवाला छ ।

चील
चीलको सम्बन्ध दिवंगत जनसँग जोडिएको हुन्छ । यसकारण यदि तपाईलाई अचानक तथा लगातार चील या यसको तस्वीर देखियो भने सम्झिनुहोस् कि तपाईमाथि पूर्वजको आशीर्वाद छ । चील परिवर्तनको पनि प्रतिक हो । यसकारण चील देखिनुको अर्थ तपाईको जीवनमा केही परिवर्तन हुन लागेको हो भन्ने पनि हो ।

काग
काग मृत शरीरको आसपास अधिक देखिन्छन् । यसकारण काग देखिनुको अर्थ कुनै कुरा तथा सम्बन्ध छट्ने तथा टुट्नेतर्फको संकेत हुन सक्छ । यो राम्रो तथा नराम्रो समयको परिपृक्ष्य पनि हुन सक्छ ।

भनिन्छ कि, कुनै पुरानो चीज नगएर नयाँ आउँदैन । त्यसैले तपाईले नियमित जसो काग तथा त्यसको तस्वीर देख्नुभयो भने त्यसले केही नयाँ चीजको आगमनको संकेत पनि दिन्छ । हाम्रो समाजमा कागलाई पूर्व जानकारी दिने पंक्षीको रुपमा पनि बुझिन्छ । यदि काग आगनमा आएर कराउन लाग्यो भने पाहुना आउने विश्वास गरिन्छ ।


उल्लु

उल्लु तपाईको बौद्धिक सोचको प्रतिक हो । यदि तपाईलाई अकस्मात या नियमित रुपमा उल्लु तथा यसको तस्वीर देखिन्छ भन्ने सोच्नुहोस्, तपाईले केही राम्रो काम गर्दै हुनुहुन्छ । यसको अर्थ यो पनि हो कि तपाईले आफूमाथि विश्वास गर्नु पर्यो ।

सुगा
सुगा देख्नुको अर्थ हो कि को मृत या सम्माननीय बीमार परिजन (पुरुष) तपाईलाई केही सेन्देश दिन चाहन्छन् । यसको अर्थ हो, तपाई सही बाटोमा हुनुहुन्छ, उनको आशीर्वाद तपाईलाई रहिरहनेछ


भंगेरा
यसको पनि अर्थ धेरै हदसम्म सुगा देख्नुजस्तै हुन्छ । तर यसमा तपाईलाई पुरुष परिजनको ठाउँमा महिला परिजन हुन्छन् । यसको अर्थ यो पनि हो कि तपाईले आफ्नो बौद्धिकताको प्रयोग गर्नु जरुरी छ । यसको अर्थ यो पनि हो कि, तपाईको परिवारलाई तपाईको धेरै बढी आवश्यकता छ । यसकारण तपाईले परिवारको ख्यालमा बढी ध्यान दिनु आवश्यक हुन्छ ।

फट्याङ्ग्रो
फट्याङ्ग्रो आकारमा सानो भए पनि यसले सन्देश भने धेरै ठूलो दिन्छ । यदि तपाईलाई पटक पटक फट्याङ्ग्रो देखिन्छ भने यसको अर्थ हो कि तपाईले जिन्दगीप्रति गम्भीर हुनुपर्ने छ । कुनै पनि परिस्थितिको काममा धैर्यता राख्नु जरुरी छ । यसले तपाईको जीवनमा हरप्रकारको शान्ति स्थापित हुनेतर्फ पनि संकेत गर्छ ।

छेपारो
छेपारोले तपाईलाई आफ्नो लक्ष्यमा ध्यान दिन संकेत गर्छ । यसको अर्थ यो पनि हो कि तपाईले सुरु गरेको नयाँ कार्य सम्पन्न गर्न तपाईले पूरा कोशिष गर्नुभएको छैन ।

सर्प
यदि तपाईलाई तस्वीरमा, सपनामा तथा आसपास सर्प देखिन्छ भने यसको स्पष्ट मतलव हुन्छ कि, तपाईले आफ्नो कामलाई नयाँ तरिकाले सुरु गर्नु जरुरी छ । सर्प देखिनुको अर्थ सकरात्मक परिदृश्यतर्फ संकेत गर्नु पनि हुन्छ ।

माकुरो
माकुरो रचनात्मकता तथा मेहनतको प्रतिक हो । यदि तपाईलाई हरेक ठाउँमा माकुरो देखिन्छ भने यसको मतलव हो कि तपाईमा रचनात्मकता छ, तर त्यसमा निखार ल्याउनु जरुरी छ ।

भमरा
यदि तपाई भमरा देख्नुहुन्छ भने यसको मतलव हो कि, तपाईको लागि राम्रो समयको सुरुवात भएको छ । यसको स्पष्ट संकेत यो पनि हो कि, आउने समय तपाईका लागि धेरै फाइदाजनक छ ।

पुतली
यसले तपाईको जीवनमा आवश्यक परिवर्तनतर्फ संकेत गर्छ । यो परिवर्तन तपाई स्वंयले गर्नुपर्ने हुन्छ । तपाईले पुरानो बिचार छाड्नुपर्ने तथा नयाँ तरिकाले सोच्नुपर्ने आवश्यकता पनि पुतलीले औंल्याउँछ ।

स्याल
तस्वीर या तपाईको आसपास स्याल देखिन्छन् भने तपाईले सोच्नु पर्ने हुन्छ । जसमाथि तपाईले धेरै विश्वास गरिरहनु भएको छ, त्यो मानिसले धोका दिनेतर्फ यसले संकेत गर्छ ।

फ्याउरो
यदि तपाईले फ्याउरो देख्नुभयो भने सोच्नुहोस् कि तपाई परिस्थितिप्रति आवश्यकताभन्दा बढी गम्भीर बन्दै गइरहनुभएको छ । जस्तो कि तपाईलाई कुने सामान्य बिमारी भएको हुन सक्छ, तर तपाई त्यसप्रति धेरै गम्भीर बनिरहनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्