०५ साउन २०८३, मंगलबार

एमालेको ग्यारेन्टी : स्यानिटरी प्याड किन्न १५ सय दिने

कात्तिक १५, २०७९
एमालेको ग्यारेन्टी : स्यानिटरी प्याड किन्न १५ सय दिने

नेकपा एमालेले महिनावारी हुने महिलालाई स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि एमालेले सार्वजनिक गरेको घोषणा पत्रमा एमालेले महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड खरिद गर्नको लागि वार्षिक १५ सय रूपैयाँ उपलब्ध गराउने ग्यारेन्टी गरेको छ । 

‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’को नीति कार्यान्वयन गर्ने भन्दै एमालेले महिनावारी हुने उमेर समूहका महिलालाई सहुलियत दिने बताएको हो ।

त्यसैगरी, प्रसूति हुने शत-प्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गरिने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । 

ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क आपतकालीन उद्धार गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्सको व्यवस्था गरिने प्रतिबद्धता एमालेले गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्