२६ असार २०८३, शुक्रबार

पहिराका कारण आधा दर्जन घर जोखिममा

कात्तिक २०, २०७४
पहिराका कारण आधा दर्जन घर जोखिममा

 


ताप्लेजुङ, २४ साउन - विभिन्न स्थानमा पहिराका कारण दुई घरपरिवार विस्थापित भएका तथा आधा दर्जन बढी घर जोखिममा परेका छन् । 

पहिराका कारण फक्त्ताड्लुङ गाउँपालिका– ३ स्थित लिंखीमको थिवा बस्तीका डम्बरबहादुर लाबुङ लिम्बूको परिवार शुक्रबारदेखि नै विस्थापित भएको छ । सोही ठाउँमा रहेका सात घर पहिराको जोखिममा परेको स्थानीयवासीले बताएका छन् । 
बस्ती छेउमा उत्तर–दक्षिण ओलाङ्चुङगोला राजमार्ग सडक आयोजनाले सडक निर्माण गरेको तर तारसहितको पर्खाल नलगाएकाले त्यहीँबाट पहिरो बग्न थालेको स्थानीयवासीको भनाइ छ । विस्थापित लाबुङ परिवार छिमेकीको शरणमा छ । 

यता गए राति घरमाथिबाट झरेको पहिराले फुङ्लिङ नगरपालिका– ९ हाङ्देवाका वीरेन्द्र कार्कीको परिवार विस्थापित भएको छ भने सिदिङ्वा गाउँपालिका– ३ मा दुई घर जोखिममा परेका छन् । पहिराका कारण स्थानीयवासीले लगाएको धानखेतीका साथै अलैँचीबालीमा समेत क्षति पुगेको स्थानीयवासी प्रकाश राईले जानकारी दिनुभयो । रासस 

salt training

कमेन्ट गर्नुहोस्