
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई डिजेलको मूल्य बढाएर पठाएको छ ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ ।
यस्तै पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको निगम स्रोतले जानकारी दियो ।
नयाँ मूल्यसूचीपछि आयल निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ नोक्सान हुने भएको छ ।