१५ असार २०८३, सोमबार

काठमाडौं अदालतमा सन्दीप लामिछानेको बयान सकियो, थुनछेक बहस बुधवार

कात्तिक १५, २०७९
काठमाडौं अदालतमा सन्दीप लामिछानेको बयान सकियो, थुनछेक बहस बुधवार

जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीविरूद्ध भोलि (बुधवार)देखि थुनछेक बहस हुने छ । 

उनको मुद्दा मंगलवार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो । मंगलवार दिनभरि सन्दीपको बयान लिइएको अदालत स्रोतले जानकारी दिएको छ । सरकारी वकिलको कार्यालयले सन्दीपविरूद्धको मुद्दा सोमवार अदालतमा दर्ता गरेको थियो । प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्ध अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । 

सन्दीपले भदौ ५ गते गौशालास्थित एक होटलमा पुर्‍याई ति नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । युवतीले भदौ २१ गते सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसबेला उनी क्रिकेट खेल्न केन्या पुगेका थिए । सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्