११ साउन २०८३, सोमबार

प्रचण्डकाे ज्वाइँविरुद्ध बागी हालेका नवीन दाहालकाे उम्मेदवारी निष्कृय

कात्तिक १५, २०७९
प्रचण्डकाे ज्वाइँविरुद्ध बागी हालेका नवीन दाहालकाे उम्मेदवारी निष्कृय

मोरङको निर्वाचन क्षेत्र नं. ६(२)मा नेपाली कांग्रेसको तर्फबाट विद्रोही उम्मेदवार बनेका नवीन दाहालले उम्मेदवारी निष्कृय पारेका छन् । उक्त क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्य उम्मेदवार रहेका छन् । 

प्रतिनिधि सभाका लागि भने नेपाली कांग्रेसका नेता शेखर कोइराला उम्मेदवार छन् । दाहालले आज शेखर कोइरालासँग छलफलपछि आफ्नो उम्मेदवारी निष्कृय पारेकाे बताए । गठबन्धनको उम्मेदवार जीवन आचार्यले निर्वाचन क्षेत्र र प्रदेशकै समृद्धि र विकासका एजेण्ड अघि सारेर निर्वाचनमा होमिएको अवस्थामा त्यसको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको दाहालले बताए । 

कोइरालासँग छलफलपछि विज्ञप्तिमार्फत दाहालले आफ्नो मुख्य चाहना जनताको अपेक्षा पूरा गर्न विकास र समृद्धि नै रहेको बताउँदै पार्टीले यही एजेण्डालाई मुख्य बनाएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्