०२ असार २०८३, मंगलबार

रेखाले छाडिन् थापाको साथ, पुगिन् पशुपतिको ‘शरण’मा

कात्तिक २०, २०७४
रेखाले छाडिन् थापाको साथ, पुगिन् पशुपतिको ‘शरण’मा

काठमाडौं, २४ साउन– अभिनेत्री रेखा थापाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेकी छन् । कमल थापाको पार्टी छाडेर अभिनेत्री थापा राप्रपा विभाजन भएर गठन भएको नयाँ पार्टी राप्रपा (प्रजातान्त्रिक)मा गएकी हुन् ।

आइतवार राप्रपा विभाजन हुँदा चुप बसेकी थापा मंगलबार मात्रै नवगठित राप्रपा (प्रजातान्त्रिक)मा गएकी हुन् । रेखा थापा नेताहरुसँगको छलफल पछि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा जाने निश्कर्षमा पुगेकी हुन् ।

तत्कालिन दुई राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल) एकीकरणको प्रक्रिया चलिरहेका बेला अभिनेत्री रेखा थापा माओवादी परित्याग गरी राप्रपामा प्रवेश गरेकी थिइन् ।

गत मंसिर २७ गते काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच राप्रपाका अध्यक्ष कमल थापाले रेखालाई पार्टीमा  स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै अभिनेत्री रेखा थापाले नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढेर मर्न चाहेको बताएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्