
मंगलवार छोरीलाई जन्म दिएकी अभिनेत्री श्वेता खड्काले जीवनमा खुशीको अर्को अध्याय शुरू भएको बताएकी छिन् ।
आफ्नो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो शुरु भएको श्वेताको भनाइ छ ।
फेसबुकमा छोरीको तस्वीर राख्दै आमा बन्दाको खुशी साटेकी छिन् ।
उनले लेखेकी छन्,‘मैले संसारकै सबैभन्दा सुन्दर शब्द ‘आमा’बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो । सबैभन्दा अमूल्य प्राप्ती अनि बहुमुल्य सम्पत्ति हो ।’
श्वेताले दुई वर्षअघि विराटनगरका विजयन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् ।
उनी पछिल्लो समय चलचित्रमा देखिएकी छैनन् ।