०२ साउन २०८३, शनिबार

कांग्रेसभित्र एकसेएक नेता छन्, म आफैं निर्वाचन लड्न पाइनँ : डा. महत

कात्तिक १६, २०७९
कांग्रेसभित्र एकसेएक नेता छन्, म आफैं निर्वाचन लड्न पाइनँ : डा. महत
फाइल फोटो

नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आगामी  मंसिर ४ गते हुने निर्वाचनमा ५ दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भने, ‘राजनीतिक दल मात्र होइन, नेपाली जनताले समेत कांग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । कांग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स  व्यापक मात्रामा विस्तार भए, अब कांग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ ।’ 

अघिल्लो सरकारले फुस्रा आश्वासन मात्र दिएर काम केही नगरेको र कोभिडको समयमा समेत भ्याक्सिन छिटो ल्याउनुपर्नेमा कमिसनको चक्करमा लाग्दा जनताले समयमा भ्याक्सिन नपाएको नेता महतको आरोप थियो । 

पछिल्ला दिनमा अन्य पार्टीभन्दा कांग्रेस नै ठीक भनेर जनता कांग्रेसप्रति आकर्षित भएको उनको भनाइ थियो । संविधानको रक्षा, मानव अधिकार, व्यक्ति स्वतन्त्रता र लोकतन्त्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्ने भनाइ उनको छ ।

देशैभरि ५ दलीय गठबन्धनका उम्मेदवार उठेका र यो वा त्यो पार्टी नभनी ती उम्मेदवारलाई जिताउन सक्रिय रूपमा लाग्न कांग्रेसका नेता तथा कार्यकर्तालाई उनले आग्रह समेत गरे । ‘सबै पार्टीलाई सिट बाँड्दा कांग्रेसले सबै सिटमा उम्मेदवार उठाउने कुरा आएन, कांग्रेसभित्र एकसेएक नेता उम्मेदवार हुन लायक छन्, अहिले टिकट पाइन भनेर असन्तुष्ट बन्न भएन,’ नेता महतले भने, ‘म आफैंको प्रत्यक्ष निर्वाचन लड्ने चाहना हुँदाहुँदै लड्न पाइनँ ।’

salt training

कमेन्ट गर्नुहोस्