×

NMB BANK
NIC ASIA

स्पष्टीकरण सोध्दैमा कोही तर्सिनु पर्दैन: अध्यक्ष बस्नेत

कात्तिक १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नियामक निकायले स्पष्टीकरण सोध्दैमा कोही तर्सिनु नपर्ने बताएका छन् । मिडिया हाउस जिम्मेवार भए काउन्सिलले पत्र काट्नै नपर्ने उनको भनाइ छ । 

Muktinath Bank

बुधबार कुपण्डोलस्थित लोकान्तर डट्कमको कार्यालय भ्रमण र पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बस्नेतले आचारसंहिता पालनामा काउन्सिलले सहजीकरण गर्ने बताए । ‘मिडियाको  नियामक निकाय भएकाले काउन्सिलले बेलाबखत स्पष्टीकरण सोध्ने र सचेत गराउने गर्दै आएको छ’ बस्नेतले भने, ‘मिडिया आफै जिम्मेवार भए पत्र काट्ने अवस्था नै आउँदैन ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मूलधारको रुपमा स्थापित हुँदै गएका अनलाइन संचारमाध्यमको अनुगमनलाई प्रभावकारी बनाइने पनि उनले बताए । ‘राज्यको सुविधा लिनका लागि खेताला सम्पादक देखाएर अनलाइन चलाउने, कसैले उत्पादन गरेको सामग्री हुबहु कपी गर्ने जस्ता काम निरूत्साहित गर्न काउन्सिल प्रतिबद्ध छ’ उनले भने । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले निर्वाचन आचारसंहिता पालना गराउन मिडियाको ठूलो भूमिका हुने बताए । ‘चुनावमा कुनै मिडिया अमुक राजनीतिक दल या उम्मेदवारको पक्षमा दुरुपयोग नहोस् भनेर अनुगमन गरिरहेका छौं’ भुसालले भने ।

प्रेस काउन्सिलले न्यु मिडियाको रुपमा स्थापित अनलाइन सञ्चार माध्यमको सम्पादकीय नेतृत्वसँग छलफल सुरु गरेको बताए । काउन्सिलले अनलाइन सञ्चार माध्यमसँगको छलफल लोकान्तरबाट सुरु गरेको हो । 

‘लोकान्तरका समाचार सामग्री राजनीतिक रुपमा तटस्थ र सन्तुलित पाएका छौँ, यसले अनलाइन मिडियाको विश्वसनियता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने छ’ अध्यक्ष बस्नेतले भने । 

सो अवसरमा लोकान्तर डट्कमका सम्पादक विमल गौतमले मूलधारको रुपमा विकसित हुँदै गएका अनलाइन सञ्चार माध्यमको शुद्धीकरणका लागि काउन्सिलको प्रभावकारी भूमिका जरुरी रहेको बताए । प्रेस काउन्सिलले स्पष्टीकरणका लाग पत्र काट्नुपर्ने अवस्था नआओस् भन्नेमा आफूहरू सचेत रहेको पनि गौतमले बताए । ‘सकेसम्म हामी प्रेस काउन्सिलले पत्र काट्नु पर्ने गरी कुनै समाचार लेख्दैनौ, यदाकदा काउन्सिलले काट्ने पत्रलाई हामीले मार्गदर्शनको रुपमा लिने गरेका छौं,’ गौतमले भने ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x