२३ जेठ २०८३, शनिबार

नेपाल र भुटान आज भिड्दै

कात्तिक १७, २०७९
नेपाल र भुटान आज भिड्दै

बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज (बिहीवार) भुटानसँग भिड्दैछ ।

ढाकामा नेपालले पहिलो खेलको रुपमा भुटानसँग खेल्न लागेको हो । नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे शुरू हुनेछ ।

मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५,  भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुन: बंगलादेशसँग खेल्नेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्