२२ जेठ २०८३, शुक्रबार

'बीजबजार भव्य उत्सव' योजनाका मेगा बम्पर विजेताहरू घोषणा

कात्तिक १७, २०७९
'बीजबजार भव्य उत्सव' योजनाका मेगा बम्पर विजेताहरू घोषणा

ई–कमर्स कम्पनी बिजबजारले दशैं, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै ल्याइएको 'बीजबजार भव्य योजनाका मेगा बम्पर बिजेताहरू सार्वजनिक गरेको छ । 

कम्पनीले सिस्टममा आधारित लक्की ड्र मार्फत बम्पर उपहारका विजेताहरूको घोषणा गरेको हो । 

जस अन्तर्गत पहिलो बम्पर उपहार एमआई ६५ इन्च अल्ट्रा ४के टिभी तथा एमआई साउण्ड बार अविशा शर्माले प्राप्त गरेकी छन् । 

 यसै गरी दोस्रो बम्पर उपहार रियलमी ९ प्रो प्लस ५ जी को विजेता रचना सापकोटा बनेकी छन् भने तेस्रो बम्पर उपहार स्‍यामसङ सिंगल डोर रेफ्रिजेरेटर १९२ लिटर सबिन श्रेष्ठले हात पारेका छन् ।

कम्पनीले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने '२० मा बीज' नामक क्याम्पेन अन्तर्गतको कार्तिक  महिनाको क्याम्पेनको तयारी पनि पुरा हुन लागेको जनाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्