
नेपालको सबैभन्दा ठूलो अनलाइन शपिंग फेस्टिभल ११.११ फेरि हुने भएको छ ।
११ लाख उत्पादनहरूमा ८०% सम्मको छुट सहित दराजले ११. ११ को पाँचौं संस्करण कात्तिक २५ गते शुरू गर्ने छ ।
यस भित्रको पहिलो पहल भने ग्राहकहरूलाई ११.११ को अवधिमा थप छुट उपलब्ध गराउन नेपालका अग्रणी बैंकहरूसँगको साझेदारी गर्नु भएको कम्पनीको भनाइ छ।
बैंक र प्रिपेमेन्ट छुटहरू दराजका वर्षभरिको सबै अभियानहरूको महत्त्वपूर्ण हिस्सा रहेको छ र कम्पनीले दराज ११.११ को बैंक र प्रिपेमेन्ट छुटहरू अझ ठूलो र राम्रो हुने दाबी गरेको छ ।
११.११ को लागि दराजले डेबिट/क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २०% (अधिकतम रु.३०००) छुट प्रदान गर्न नेपालका विभिन्न १८ बैंकहरूसँग साझेदारी गरेको छ।
यी बैंकका ग्राहकहरूले दराज ११ .११ अभियानको सम्पूर्ण अवधिमा डेबिट कार्ड मार्फत १५% (अधिकतम २५००) र क्रेडिट कार्ड मार्फत २०% (अधिकतम ३०००) सम्मको छुट प्राप्त गर्ने छन् । दराज ११.११ अभियानका लागि बैंक साझेदारहरू निम्नानुसार छन्।
१.नबिल बैंक
२. कुमारी बैंक
३. सानिमा बैंक
४. माछापुच्छ्रे बैंक लिमिटेड
५. एभरेष्ट बैंक
६. सनराइज बैंक
७. मेगा बैंक
८. एनएमबि बैंक
९. सिटिजन्स बैंक
१०. नेपाल बैंक
११. एनसीसी बैंक
१२. नेपाल एसबीआई बैंक
१३. सेन्चुरी बैंक
१४. ज्योति विकास बैंक
१५. सांग्रिला बैंक
१६. सिद्धार्थ बैंक
१७. हिमालयन बैंक
१८. कामना सेवा बैंक
त्यसैगरी, कम्पनीका अनुसार प्रीपेमेन्ट छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ।