
प्रभु बैंक लिमिटेड र कुस्मा, पर्वत स्थित हार्नेस् जिपलाइन प्रा.लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइन प्रा.लि.का तर्फबाट अध्यक्ष विदुर पौड्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त जिपलाइनबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले हार्नेस् जिपलाइन प्रा.लि. द्धारा सञ्चालित (ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन )सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।