काठमाडौं २४ साउन– कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ताको तयारी गरेको छ ।
विभाजनको चोटमा परेको राप्रपाले पार्टी विभाजनमा सत्तारुढ दलको समर्थन रहेको आरोप सहित सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको स्रोतको दावी छ ।
ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा जारी बैठकमा बोल्ने अधिकाशं केन्द्रीय सदस्यहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।
मंगलवार नै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको राप्रपा स्रोतको दावी छ । बैठकपछि दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन मार्फत पार्टीको धारणा सार्वजानिक गर्ने तयारी भएको एक नेताले जानकारी दिए ।