स्कूल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किएर बालकको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित बेस्ट इलेमेन्ट्री मन्टेश्वरी स्कूलका विद्यार्थी १३ वर्षीय आयुष्मान दाहालको रूखमा टाउको ठोक्किएर मृत्यु भएको काठमाडौं प्रहरीले बताएको छ ।
बुधवार स्कूलबाट घर फर्कने क्रममा गाडीको सिटबाट टाउको झ्याल बाहिर निकाल्दा रूखमा ठोक्किएर गम्भीर घाइते भएका दाहाललाई तत्कालै उपचारका लागि टिचिङ अस्पताल लगिएको थियो ।
उपचारका क्रममा बिहीवार बिहान २ः२१ बजे उनको निधन भएको काठमाडौं प्रहरीले बताएको छ । घटनापछि बा१क ४६४२ नम्बरको स्कूल बसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।