१० साउन २०८३, आइतबार

शासकीय स्वरूपमा रवि लामिछानेको पनि प्रश्न, स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव

कात्तिक १७, २०७९
शासकीय स्वरूपमा रवि लामिछानेको पनि प्रश्न, स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव
फाइल तस्वीर

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष लामिछानेले चुनाव लक्षित घोषणा पत्रलाई ‘हामी र हाम्रो बाचा’को नाम दिएर सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अहिले अभ्यास भइरहेको शासकीय स्वरूपमा प्रश्न उठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले वडाअध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिनुपर्ने, राष्ट्रिय सभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने प्रस्ताव गरेको छ । ‘बाचा पत्र’मा लामिछानेले पार्टी स्थापनाको पृष्ठभूमिसँगै विगत ५ वर्षको समीक्षा र अबको ५ वर्षमा आफूले गर्ने कामको बाचा उल्लेख गरेका छन् ।

घोषणापत्रमा उनले २३ वटा बाचा उल्लेख गरेका छन् । निर्वाचन प्रक्रियामा सुधारसहित अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था हुनुपर्ने भनेका छन् । 

लामिछानेले ‘भ्रष्टाचार गरिन्न, गर्नेलाई छाडिन्न’ भन्ने नारा उल्लेख गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्