बलिउड अभिनेता अमिताभ बच्चन ८० वर्षभन्दा बढी उमेर हुँदासम्म स्वस्थ देखिन्छन् । अमिताभलाई बढ्यौलीले छोएको छैन । यसको रहस्य के हो ?
भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभले खानपिनमा ध्यान दिने गरेका छन् । यतिसम्म कि उनकी पत्नी जया बच्चनलाई मन पर्ने परिकार समेत अमिताभले छाडिदिएका छन् ।
जयालाई माछा खुब मन पर्छ तर अमिताभ शाकाहारी भएर माछा खाँदैनन् । ‘कौन बनेगा करोडपति’ कार्यक्रमका सहभागीको प्रश्नमा उनले भने, ‘मैले छाडिदिएँ, धेरै कुरा छाडेको छु । जवानीमा सबैकुरा गर्ने मन लाग्छ तर अहिले मासु खान छाडिदिएँ । हालै मैले गुलियो खान पनि छाडें । भात खान छाडें । पान पनि खाँदैन ।’