१२ असार २०८३, शुक्रबार

‘कमेडी च्याम्पियन’ टिमले चलचित्र बनाउँदै, विशाल भण्डारीले निर्देशन गर्ने

कात्तिक १७, २०७९
‘कमेडी च्याम्पियन’ टिमले चलचित्र बनाउँदै, विशाल भण्डारीले निर्देशन गर्ने

स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल रहनेछन् । 

यम थापाको कथामा फिल्म बन्ने भएको हो । बिहीवार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ । थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्ने फिल्मका लागि कलाकारहरू भने तय गरिएको छैन । फिल्मको नामका विषयमा पनि छलफल भइरहेको छ । छिट्टै फ्लोरमा निस्किने निर्माण टिमको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्