२६ असार २०८३, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हिमालय एयरलाइन्सको चार्टर उडान

कात्तिक १७, २०७९
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हिमालय एयरलाइन्सको चार्टर उडान

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले चार्टर उडान शुरु गरेको छ । काठमाडौंको ट्राभल एजेन्सीले गरेको चार्टर बुकिङ हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको हो ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि हिमालयले बिहीवार दिउँसो पहिलो चार्टर उडान क्वालालम्पुरका लागि गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाउने भए पनि एयरलाइन्सले यात्रुहरूलाई भैरहवाबाट उडाएको हो । एयरलाइन्सले यात्रुहरुलाई चार वटा गाडीमार्फत भैरहवा ल्याएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्