×

NMB BANK
NIC ASIA

सन्दीप लामिछाने पक्षधर कानून व्यावसायीहरूको दाबी : सन्दीपविरुद्धको अभियोजन प्रमाणित हुँदैन

कात्तिक १७, २०७९

NTC
Premier Steels

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज (बिहीवार) पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 

Muktinath Bank

उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेश गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकील र सरकारी वकीलहरूले बहस गर्नेछन् । आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेश गरेको बताइन् । उनले आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गरेको जानकारी दिइन् । 


Advertisment
Nabil box
Kumari

अधिवक्ता रिजालले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाइँसराइँको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गरिन् । बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उनको भनाइ थियो । उनले सन्दीप लामिछानेको पक्षमा आफूहरूले दरो प्रमाण पेश गरेको दाबी गरिन् । 

Vianet communication

‘हामीले थुनछेक बहस ग¥यौँ, ४ जना वरिष्ठ अधिवक्ता र मुरारीजी र हामीले थुनछेक बहस ग¥यौँ । हामीले पुरानै प्रमाणहरू दलील ग¥यौँ । दुई वटा जन्मदर्ताका कुराहरू, बाँकी कुराहरू जुन सन्दीप लामिछानेले बयान दिनुभएको थियो । घुम्न गएको, होटलमा बसेको तर करणी भएको होइन भन्ने किसिमका पस्केका छौँ । अन्तिममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठजीको बहस ४ः३० बजेसम्म भयो । भोलि सरकारी पक्षका वकीलहरूको जवाफ बाँकी छ । फस्र्ट आवरमा उहाँहरूले जवाफ पेश गर्नुहुनेछ’, अधिवक्ता रिजालले भनिन्, ‘त्यसपछि मात्रै कोर्टले आफ्नो निर्णय सुनाउँछ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, सविताजीलगायतले बहस गरेका थियौँ । पीडित भनिएकी किशोरी नाबालिग होइनन् भन्नेकुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ । उनको अस्पतालको कागज र उनको संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट उनी नाबालिका होइनन् भन्ने पुष्टि हुन्छ । सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेश गरेका छौँ ।’

अधिवक्ता रिजालले शुक्रवार पनि थुनछेक बहस हुने र सरकारी वकील र सन्दीप पक्षधर वकीलले बहस गर्ने बताइन् । सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ । बुधवारदेखि नै थुनछेक बहस शुरु भए पनि क्रिकेटर लामिछाने पक्षबाट कानून व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x