११ साउन २०८३, सोमबार

सन्दीप लामिछाने पक्षधर कानून व्यावसायीहरूको दाबी : सन्दीपविरुद्धको अभियोजन प्रमाणित हुँदैन

कात्तिक १७, २०७९
सन्दीप लामिछाने पक्षधर कानून व्यावसायीहरूको दाबी : सन्दीपविरुद्धको अभियोजन प्रमाणित हुँदैन

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज (बिहीवार) पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 

उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेश गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् । 

भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकील र सरकारी वकीलहरूले बहस गर्नेछन् । आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेश गरेको बताइन् । उनले आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गरेको जानकारी दिइन् । 

अधिवक्ता रिजालले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाइँसराइँको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गरिन् । बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उनको भनाइ थियो । उनले सन्दीप लामिछानेको पक्षमा आफूहरूले दरो प्रमाण पेश गरेको दाबी गरिन् । 

‘हामीले थुनछेक बहस ग¥यौँ, ४ जना वरिष्ठ अधिवक्ता र मुरारीजी र हामीले थुनछेक बहस ग¥यौँ । हामीले पुरानै प्रमाणहरू दलील ग¥यौँ । दुई वटा जन्मदर्ताका कुराहरू, बाँकी कुराहरू जुन सन्दीप लामिछानेले बयान दिनुभएको थियो । घुम्न गएको, होटलमा बसेको तर करणी भएको होइन भन्ने किसिमका पस्केका छौँ । अन्तिममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठजीको बहस ४ः३० बजेसम्म भयो । भोलि सरकारी पक्षका वकीलहरूको जवाफ बाँकी छ । फस्र्ट आवरमा उहाँहरूले जवाफ पेश गर्नुहुनेछ’, अधिवक्ता रिजालले भनिन्, ‘त्यसपछि मात्रै कोर्टले आफ्नो निर्णय सुनाउँछ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, सविताजीलगायतले बहस गरेका थियौँ । पीडित भनिएकी किशोरी नाबालिग होइनन् भन्नेकुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ । उनको अस्पतालको कागज र उनको संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट उनी नाबालिका होइनन् भन्ने पुष्टि हुन्छ । सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेश गरेका छौँ ।’

अधिवक्ता रिजालले शुक्रवार पनि थुनछेक बहस हुने र सरकारी वकील र सन्दीप पक्षधर वकीलले बहस गर्ने बताइन् । सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ । बुधवारदेखि नै थुनछेक बहस शुरु भए पनि क्रिकेटर लामिछाने पक्षबाट कानून व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्