काठमाडौं २४ साउन– कमल थापा नेतृत्वको राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गरेको छ ।
ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा मंगलवार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
पार्टी विभाजनमा सत्तारुढ दलको समेत भूमिका रहेको भन्दै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
संसदमा भएको मतदानमा राप्रपाले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गरेको थियो । पार्टी विभाजनपछि राप्रपासँग १८ सांसद छन् ।
राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गरेपनि देउवासँग स्पष्ट बहुमत कायम छ ।