०५ असार २०८३, शुक्रबार

‘सेनाको चेली’ २० औँ किम्फका लागि छनोट

कात्तिक १७, २०७९
‘सेनाको चेली’ २० औँ किम्फका लागि छनोट

आउँदो डिसेम्बर ८ देखि १२ तारिखसम्म संघीय राजधानी काठमाडौंमा सम्पन्न हुने २०औँ काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा लघु चलचित्र ‘सेनाको चेली’ छनोट भएको छ । इगिहोपो कोँइच सुनुवारद्वारा निर्मित ‘सेनाको चेली’ नामक लघु चलचित्र किम्फमा सहभागिताका लागि छनोटमा परेको हो ।

‘सेनाको चेली’ नेपालमा भएको १० वर्षे लामो संघर्षमा नेपाली समाजलाई पारेको प्रभावका विषयमा दिदीभाइको भूमिका जोडेर रङ्गकर्मी कलाकार इगिहोपो कोँइच सुनुवारको निर्देशनमा तयार गरिएको २० मिनेट लामो लघु चलचित्र हो । ‘सेनाको चेली’ले नेपाली सेना दिवसको अवसरमा भएको प्रतिस्पर्धामा पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो ।

इगिहोपो कोँइच सुनुवार

किम्फले यस पटक महोत्सवमा विश्वभरका संस्कृति, समाज, जनजीवन वातावरण, खेलकुद र साहसिक कार्यका बारेमा बनाइएका फिल्महरू प्रदर्शन गर्ने जनाएको छ । किम्फले यसपटक ‘नेपाल पानोरमा’मा नेपाली चलचित्र निर्माताहरूले निर्माण गरेका चलचित्रहरू नेपाली कलाकारहरूको छुट्टै प्रदर्शनीमा सहभागी हुने गरी १९ वटा नेपाली लघुचलचित्रहरू छनोट गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्