०५ साउन २०८३, मंगलबार

गाउँगाउँमा विकास र घरघरमा रोजगारी- वरिष्ठ नेता पौडेल

कात्तिक १७, २०७९
गाउँगाउँमा विकास र घरघरमा रोजगारी- वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा विकास र घरघरमा रोजगारी सिर्जना गर्ने आफ्नो मुख्य योजना रहेको बताएका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–६ साराङ्गघाट तथा आँबुखैरेनी गाउँपालिका ६ मा आज आयोजित बेग्लोबग्लै कार्यक्रममा उनले गाउँमानै बसु बसु बनाउन त्यहाँ आवश्यक पूर्वाधार विकास निर्माण बनाउनुपर्नेमा जोड दिए । 

गाउँको विकासमा जोड दिँदै गाउँबाट शहरमा बसाईसराई हुने प्रवृत्तिलाई निराकरण गर्ने मुख्य लक्ष्य राखेर अघि बढेको उनले बताए । हिजो पदमा रहँदा नरहँदा पनि जिल्ला र देशको विकासमा सशक्त रुपमा लागेको बताउँदै नेता पौडेलले आउँदा दिनमा पनि यस क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाए 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न  गठबन्धनको आवश्यकता देखिएको उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्