
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार बिहान प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
यस्तै दिउँसो सुदूरपश्चिम लगायतका प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै देशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।
यस्तै राति पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ।