२२ जेठ २०८३, शुक्रबार

बलिउडका यी चर्चित नायिकाहरू, जो विदेशमै घर बनाएर बसे

कात्तिक १८, २०७९
बलिउडका यी चर्चित नायिकाहरू,  जो विदेशमै घर बनाएर बसे

बलिउडका कैयौं अभिनेत्रीहरुले आफ्नो अभिनयको बलमा लामो समयसम्म मानिसको मनमा राज गरिसकेका छन् ।

मानिसहरु यी नायिकाहरुको फिल्मको उत्सुकताका साथ प्रतीक्षा गर्थे तर पछि यस्तो समय आयो जब यी नायिकाहरुले भारत छोडेर विदेशमा आफ्नो नयाँ घर बनाएर बसे । 

यी मध्ये यहाँ केही अभिनेत्रीहरूको चर्चा गरिएको छ। 

प्रियंका चोपडा
यो लिस्टमा पहिलो नाम प्रियंका चोपडाको छ । प्रियंकाले आफ्नो करियरमा अहिलेसम्म धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । बलिउडमा नाम कमाएपछि प्रियंकाले अचानक विदेशमा बस्ने निर्णय गरिन् । प्रियंका हालसम्म हलिउडका धेरै प्रोजेक्टमा देखिइसकेकी छिन् । निक जोनससँग विवाह गरेपछि उनी प्रायः अमेरिकामै बस्छिन् । हालै प्रियंका तीन वर्षपछि भारत फर्किएकी छिन् ।

प्रीति जिन्टा
बलिउडमा डिम्पल गर्ल भनेर चिनिने प्रीति जिन्टाले अहिलेसम्म धेरै ब्लकबस्टर फिल्म दिएकी छिन् । लामो समय फिल्ममा काम गरेपछि उनले जीन गुडइनफसँग विवाह गरिन् । यस विवाहपछि उनी श्रीमान्सँग अमेरिकामा बसिन् ।

रम्भा
यो सूचीमा रम्भाको नाम पनि परेको छ । हालै उनी दुर्घटनाको खबरका कारण चर्चामा आएकी थिइन् । सलमान खान र गोविन्दाजस्ता फिल्मस्टारसँग काम गरिसकेकी रम्भा पनि बिहेपछि फिल्मी दुनियाँबाट टाढिएर विदेशमा बसेकी छिन् । उनले एनआरआई व्यापारी इन्दर कुमारसँग विवाह गरेकी हुन् । उनी आफ्नो परिवारसँग क्यानडामा बस्छिन् ।

मिनाक्षी शेषाद्री
मीनाक्षीले ९० को दशकमा धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । फिल्म दामिनी उनको यादगार फिल्म मध्ये एक हो । फिल्ममा सफलता हासिल गरेपछि उनले सन् १९९५ मा हरिश मसुरसँग विवाह गरिन् । यस विवाहपछि उनी अमेरिकामा बस्न थालिन् । जानकारीका अनुसार उनी हाल टेक्सासको प्लानो सहरमा बस्छिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्