
बलिउड अभिनेत्री तब्बुले नोभेम्बर ४ मा आफ्नो ५२ औं जन्मदिन मनाइरहेकी छिन् ।
तब्बुको प्रोफेशनल लाइफ जति खुल्ला किताब छ, त्यति नै उनको पर्सनल लाइफ पनि गोप्य छ ।
५२ वर्षकी तब्बु अविवाहित छिन् । तब्बुले किन बिहे गरिनन् ? यो प्रश्न फ्यानको मनमा सधैं उठ्ने गर्छ ।
आफ्नो विवाहको कुरा आउने बित्तिकै तब्बुले यसमा अजय देवगन जिम्मेवार भएको बताउने गरेकी छन् ।
तब्बुले बिहे नगरेको भएपनि उनी आफ्नो अफेयरका कारण चर्चामा रहिन् ।
तब्बुले साजिद नाडियाडवाला, नागार्जुन र सञ्जय कपूरसँग डेट गर्ने अनुमान गरिएको थियो।
सञ्जय कपूर र तब्बुबीचको सम्बन्ध छोटो समय टिक्यो ।
सञ्जयसँगको ब्रेकअपपछि तब्बुको जीवनमा फिल्ममेकर साजिद नाडियाडवाला आएका थिए । तब्बु निर्देशककी पत्नी दिव्या भारतीको नजिककी साथी थिइन् ।
भारतीय सञ्चारकर्मी र फ्यानबाट तब्बुले अहिलेसम्म एउटै प्रश्नको सामना गर्दै आएकी छिन्– तब्बुले बिहे गरिनन् तर आमा बन्ने हो कि ?
तब्बुले एक अन्तर्वार्तामा यसबारे प्रतिक्रिया दिएकी छिन् । जसमा तब्बुले भनेकी छिन्– ‘मैले मातृत्व नभनेर मुर्खता हुनेछ । कहिलेकाहीँ आमा बन्ने रहर हुन्छ, बिहे पनि हुन्छ । तर म भित्रको समझदार र तर्कसंगत भागले यसलाई मौन बनाउँछ।'
तब्बुले थप भनिन्–‘मलाई विवाह बाहिर सन्तान हुनुमा कुनै समस्या छैन । त्यसमा केही गलत छैन । यदि म आमा बन्न चाहन्छु भने मलाई कसैले रोक्न सक्दैन । तर म बच्चालाई जानाजानी आमाबुवा दुवैबाट अलग गर्न चाहन्न।'