२३ जेठ २०८३, शनिबार

सञ्चालनमा आयो एफवान सफ्टको ‘युज मोबाइल डटकम’

कात्तिक १८, २०७९
सञ्चालनमा आयो एफवान सफ्टको ‘युज मोबाइल डटकम’

 एफवान सफ्ट इन्टरनेशनलले ‘युज मोबाइल बैंकिङ डटकम’ को सुरुवात गरेको छ । यस वेबसाइटले मोबाइल बैंकिङसँग परिचित गराउन थप मद्धत पुग्ने विश्वास कम्पनीको छ ।

एफवान सफ्टले विकास गरेको यस वेबसाइटमा सबै बैंकिङ अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामग्री) राखिएका छन् । यस वेबसाइटबाट  कुनैपनि ग्राहकले आफ्नो मोबाइल बैंकिङ प्रयोगको ट्युटोरियल हेर्न सक्छन् ।

वेबसाइटमा मोबाइल बैंकिङसम्बन्धी नवीनतम तथ्य, तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट हुने कम्पनीले जनाएको छ ।

युज मोबाईल डटकम एफवान सफ्ट इन्टरनेशनलले मोबाइल बैंकिङको प्रयोगलाई बढावा दिन र बानी बसाल्न सघाउने कम्पनीको विश्वास छ ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले मोबाइल बैंकिङको ठूलो सम्भावना रहेको भन्दै प्रयोगकर्ताहरुलाई टेक्नोलोजीसँग अझ बढी परिचित गराउन खोजिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्