०५ असार २०८३, शुक्रबार

मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृतको निधन

कात्तिक १८, २०७९
मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृतको निधन

मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको निधन भएको छ ।

मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालले अधिकृत आस्थाको निधन भएको जानकारी दिइन् ।

सिंहदरबारस्थित मन्त्रालयबाट बाहिरिने क्रममा बिहीवार साँझ अनामनगर सडकमा मोटरसाइकलले आस्थालाई ठक्कर दिएको थियो । उनलाई प्रदेश नम्बर ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको र प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनालगत्तै उनलाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको भए पनि निधन भएको प्रवक्ता लम्सालले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्