
मल्टिस्टारर नेपाली चलचित्र ‘लाखे’ आज (शुक्रवार)देखि प्रदर्शनमा आएको छ । सम्राट बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बालगायतको अभिनय छ ।
सिजन अर्यालको कथा, आकाश बरालको पटकथा रहेको चलचित्रको संवाद आकाश बराल र अनुप न्यौपानेले तयार पारेका हुन् । चलचित्र क्राइम र एक्सन जनरामा निर्माण भएको हो । निर्देशक सम्राटले यसअघि ‘पासवर्ड’ चलचित्रको निर्देशन गरेका थिए ।
यस्तै, नेपालीसँगै बलिउड चलचित्र ‘फोन भूत’ पनि शुक्रवारदेखि प्रदर्शनमा आएको छ । हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ भने आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।