२३ जेठ २०८३, शनिबार

लुम्बिनीमा समृद्धि र विकासको योजना टुंगोमा पुर्‍याउछौँ : गिरी

कात्तिक १८, २०७९
लुम्बिनीमा समृद्धि र विकासको योजना टुंगोमा पुर्‍याउछौँ : गिरी

नेकपा एमालेका पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका सह–इन्चार्ज, लीला गिरी राजनीतिज्ञहरूमध्ये शालिन र अनुशासित मानिन्छन् । एमालेबाट उनी लुम्बिनी प्रदेशका भावी मुख्यमन्त्रीका दाबेदार हुन् । 

प्रदेशका पूर्वमन्त्रीसमेत रहेका गिरीको विशेषता अनुभवी, समाजसेवामा निरन्तर समर्पित र इमानदारिता हो । निष्ठावान, जिम्मेवारीमा प्रतिबद्ध, समन्वयकारी स्वभाव, सत्यका पक्षपाती र सुशासनका माध्यमबाट उनले विशिष्ट पहिचान बनाएका छन् ।

रुपन्देही क्षेत्र नं. २ (१) बाट लुम्बिनी प्रदेश सभामा उनी अहिले एमालेबाट उम्मेदवार छन् । लुम्बिनी प्रदेश सरकारमा उनी संस्थापक मन्त्रीसमेत बनेर अनुभव हासिल गरेका छन् । 

समृद्ध लुम्बिनी प्रदेशको खाका बनाउने, समृद्धिका आधार तयार पार्ने, आधार साकार पार्नका लागि आवश्यक कार्यक्रम तयार पार्ने काममा उनको नेतृत्वदायी भूमिका रहेको छ । आफूहरूकै नेतृत्वमा तयार भएका समृद्धिका आधारलाई साकार पार्न र यसअघिको अनुभवबाट नतिजा दिनका लागि अवसर दिनुपर्ने उनको अपेक्षा छ । 

प्रदेशमा जनआकांक्षा अनुसारका विकास निर्माणका कामलाई अगाडि बढाउने काममा मन्त्रीका रूपमा नेता गिरीले पनि अगुवाई गरेका थिए । लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन विकास, एसियाकै ठूलो राप्ती उपत्यका, तराई, पहाड र हिमाल समेटिएको, बहुल संस्कृति, भेषभूषा, जातजाति रहेको लुम्बिनी प्रदेशलाई समृद्ध बनाउने आधार तयार पार्ने काममा लिला गिरीको नेतृत्वदायी भूमिका छ । 

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा लुम्बिनी प्रदेशका समृद्धिका आधार तयार पार्ने र तिनलाई साकार पार्न उपयुक्त कार्यक्रम बनाउने काम पनि उनकै अगुवाइमा भएको थियो । 

लुम्बिनीको समृद्धि र विकासका अधुरा कामलाई टुंगोमा पु¥याउन आफू फेरि उम्मेदवार बनेको बताउँछन् । गिरीसहितका नेता कार्यकर्तालाई समृद्ध देश र विकासका अधुरो काम टुंगोमा पु¥याउन मत दिने मतदाताहरूको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारमा ०७४ चैत ५ गतेदेखि ०७८ वैशाख ६ गतेसम्म मन्त्रीका रूपमा जिम्मेवारी बहन गरेका थिए । लुम्बिनी प्रदेश सरकारमा पहिलो उद्योग, वन, पर्यटन र वातारणमन्त्री, केही समय आन्तरिक मामिला तथा कानूनमन्त्री र स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी बहन गरे । यसअवधिमा यस प्रदेशका १२ जिल्लामा विभिन्न योजना निर्माण र कार्यान्वयनका लागि आवश्यक बजेटको विनियोजन गराए । 

साथै यस निर्वाचन क्षेत्रमा (रुपन्देही क्षेत्र नंं २ (१) का लागि चालु आवमै करिब एक सय वटा योजना र तिनका लागि झण्डै डेढ अरब रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका विभिन्न वडाहरूमा केन्द्रित गर्दै झण्डै एक सय वटा योजनाहरू छनोट गरी कार्यान्वयन भइरहेका छन् । 

योजनाविनाको विकास दीर्घकालका लागि हुँदैन भन्नेमा आफू विश्वास रहेको गिरीको भनाइ छ । ‘समृद्ध लुम्बिनी प्रदेशको खाका तयार पार्ने कामको नेतृत्व गर्नेलाई नै समृद्धिका आधार साकार पार्ने काममा अवसर दिनुपर्छ । शुरू भएका दीर्घकालीन महत्वका योजनाहरूलाई सञ्चालन गर्न, साकार पार्न पनि अनुभवी र योग्य नेतृत्वको आवश्यकता छ’, उनले भने, ‘परिपक्व, जुझारु र पार्टीको केन्द्रीय नेतृत्वमा रहेका, जनताको भावना बुझ्न सक्ने, जनताको भाषा बोल्नसक्ने सक्षम ब्यक्तिलाई एमालेले उम्मेदवार बनाएको छ ।’

राष्ट्रिय स्वाभिमानको सम्पदा स्थल तत्कालीन अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको संरक्षण र प्रबद्र्धनका काम जारी छ । बुटवलदेखि ऐतिहासिक नुवाकोट गढीसम्मको सडक विस्तार र नुवाकोटको प्रबद्र्धन र सैनामैनामा प्रदेशस्तरको एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माणको शुरुवात पनि गिरीकै पहलमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्