×

NMB BANK
NIC ASIA

जीवन व्यवहार

मेहनतले मात्र हात लाग्दैन सफलता

कात्तिक १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काम, काम, काम ! परिवारलाई त समय नै छैन !! श्रीमतीजीको सदासर्वदा सिकायत  छ  तर ‘नो मनी नो टाइम’ कसरी हुन्छ यस्तो ! कि त खाली बस्नुपर्‍यो, कि त त पैसा आउनुपर्‍यो ।

Muktinath Bank

हेर्दा सधैं व्यस्त तर सुको कमाइ छैन । कि घरमा सिरक ओढेर सुत्नुपर्‍यो, कि त पैसा आउनुपर्‍यो । हेर्दा सधैं व्यस्त छ तर अभाव नै अभाव छ, किन यस्तो ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामी कहाँ कुकुरका छाउरा गन्ने जस्तो, दौरा न सौराका खल्ती, घाँटी हेरेर हाड निल्नु, बाँदरका हातमा नरिवल, केटाकेटी आए मट्यांग्राको नाश, अल्छी जिब्रा मिठा च्युरा, आम्दानी न साम्दानी चढ्छ चाम्दानी, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर, करायो करायो दक्षिणा हरायो, कौडी न सौडी भीरभीरै दौडी आदि उखान छन्, जसमा अर्थपूर्ण, उद्देश्यमूलक प्रयत्न, प्रयास, कार्य, कर्म, श्रम र मेहनतलाई जोड दिएको छ ।


Advertisment
Nabil box
Kumari

मेहनत गर्नेले फल पाउँछ, मह काढ्नेले हात चाट्छ भनिन्छ । आखिर मेहनत केलाई भन्ने यसको परिभाषा अथाह छ, बुद्धिपूर्ण, विवेकपूर्ण, अर्थपूर्ण काम वा खाली पसिना बगाउने काम फरक छ ।

Vianet communication
Laxmi Bank

उल्टो बेढंगको काम हामी गर्छाैं, त्यसैले हामी गरीबीले पिसिएर मर्छौं । किनकि कामको ढंग नपुग्नाले मेहनतको अर्थ रहन्न । हामी केवल मेहनत–मेहनत भन्छौं, चलाखीपूर्ण मेहनत आजको युगको माग हो ।

नेपालमा त झन् आशिर्वाद, भनसुन, चाकडी, चाप्लुसी मिसाएर मेहनत गरेमा फलिफाप हुन्छ । ‘बेकामी नबस्नु केही न केही काममा व्यस्त रहनू, जीवनमा दुःख र अभाव हुन्न’ त्यही सुनेको अग्रजबाट तर काम छ पैसा छैन कसरी हुन्छ यस्तो ? यसको कारण के हो ? केलाउन मन लाग्छ ।

‘अरुको सम्पत्ति र सुकेको सालको पात काम लाग्दैन ।’ हामी काम गर्छाैं, अरुको सम्पत्ति बढ्छ तर आफ्नो कहिल्यै कल्याण हुँदैन । न त पगार बढ्छ, न त पदोन्नति आखिर कारण के छ ? किन मेहनत गर्दा पनि हुँदैन ? मेहनतबाहेक के छ रहस्य सफलताको ?

मेहनत गर्दा पनि परिणाम नआउने विषयमा व्यवस्थापनले ‘डु राइट थिङ्स् एण्ड डु थिङ्स् राइट’ भनेर व्याख्या गरेको छ । जसअनुसार सही कुराको छनोट गरेर मेहनत गर्ने या मेहनत गर्दा समस्याहरूलाई सही ढंगबाट पहिचान गरेर मिलाउनुपर्छ ।

नेपालमा ६६ प्रतिशत जनता कृषिमा संलग्न छन् तर एकतिहाइ कूल ग्रार्हस्थ उत्पादनमा योगदान छ । किसानको मेहनत र उत्पादनको अवस्थालाई किसानले आफूले उत्पादन गरेको अन्नपातले उनीहरूलाई ६ महिना खान पुग्दैन, तसर्थ किसान बर्सेनि पलायन हुँदैछन् । उनीहरूको श्रम मेहनतको प्रतिफल गैरकिसानले पाइरहेको अवस्था छ ।

विश्वको पानीको धनी देशमा पानीको अभावमा उब्जनी छैन । नदीको पानीलाई जमिनसम्म पुर्‍याएर सिँचाइ गरी उब्जनी बढाउने, आत्मनिर्भर बन्ने, खाद्यान्न निर्यात गर्ने विषय मौन छ । यी सबै कुरा उद्देश्यपूर्ण मेहनतको विषय हो ।

मेहनत र श्रमभन्दा पनि चातुर्य र होसियारीलाई महत्त्व दिएको उदाहरण धर्मशास्त्रमा पनि उल्लेख छ, जसअनुसार सुमेरु पर्वत घुम्न पठाइएका महादेवका २ पुत्र कुमार र गणेशमध्ये गणेशले शिव–पार्वतीको परिक्रमा र कुमारले पूरै सुमेरु पर्वत परिक्रमा गरेर पनि गणेशले जितेको उदाहरण छ । जसबाट के सन्देश मिल्छ भने मेहनतभन्दा पनि अर्थपूर्ण र परिणाममुखी मेहनत अपरिहार्य छ, जसबाट साँच्चै सफलता मिल्छ ।

विश्वका एकसे एक धनी व्यक्तिलाई सोधनी गर्दा सफलताको रहस्य निरन्तरता, लगनशीलता र मेहनत सुनिन्छ तर म मेहनत गर्छु, सदा काम गर्छु तर पनि किन सफल छैन ? कि मेरो सफलता ममा नभएर अरुमा निर्भर छ ? अरुले काम गरिदिँदा र नगरिदिँदा मेरो काम बन्ने र नबन्ने हुन्छ ?

एक जना आफन्तको विवाहमा सरिक हुन जाँदा चिकित्सक पेशामा संलग्न आफन्तले ‘किन तिमी गाउँमा आउँदैनौ’ भन्ने प्रश्नको उत्तरमा मेरो उत्तर थियो ‘फुर्सद हुन्न’ । उहाँको पुनः प्रश्न थियो ‘आफ्नै व्यवसाय हो’ । मैले ‘होइन जागिर हो’ भने । उहाँले भन्नुभयो, ‘त्यसो भए तिमीले जागिर खाएको होइन, तिमीलाई जागिरले खाएको हो ।’

यो प्रसङ्गले के अर्थ्याउँछ भने हामी मेहनत–मेहनत भनि जसरी दौडिरहेका छौं, त्यो अनर्थ छ । अर्थपूर्ण दौडधुपका लागि आफ्नो काम या जागिर, नाफा या पारिश्रमिकको बीचमा हिसाबकिताब या तुलना विश्लेषण गर्नुपर्छ ।

कसैको सफलता रहस्यमा श्रीमतीको वा कोही न कोही रोल मोडलको हात हुन्छ तर मेरो असफलताको पछाडि कसको हात छ त ? यो प्रश्न म आफैंलाई गर्छु तर उत्तर छैन । उत्तर आफैं खोज्ने प्रयास गर्छु । सफलता कि त अब्राहम लिङ्कन जस्तै सोह्रौंपटक प्रयास गर्दा मिल्छ या त भाग्य, प्रतिबद्धता र स्मार्ट आदतले सफल हुन सकिन्छ । 

विश्व प्रसिद्ध व्यक्तिहरूको जीवनशैलीको बारेमा अध्ययन गर्दा ७ वटा मिल्दाजुल्दा बानी देखिन्छन्, जसमा सबेरै उठ्ने, स्वस्थ्य रहने, शारीरिक अभ्यास गर्ने, घोत्लिएर सोच्ने, नित्य कर्ममा प्रतिबद्ध, अनुशासनको पालना र अध्ययनशील ।

तसर्थ मेहनत–मेहनत हामीले भन्दै आएको, गर्दै आएको फर्मुला साँच्चिकै परिवर्तन गर्ने बेला भएको छ । जसमा मेहनत होइन, कस्तो, कसरी, कहाँ, किन, केका लागि, कसका लागि, कहिले, कहाँ–कहाँ ? छुट्याउनु आवश्यक छ । हुन त हामी ‘समय से पहेले भाग्य से ज्यादा किसी को कोही नही मिलता’ भन्ने मान्यतामा विश्वास राख्छौं । अर्थात् प्रारब्ध ! जुन जन्मिँदै मानिसले लिएर आएको हुन्छ  यो कहावत वर्षाैंदेखि सुन्दै आएका छौं, त्यसमा अड्किएर प्रयत्न गर्न छाडेर सही समयको प्रतीक्षामा रहेका छौं । हाम्रो प्रतीक्षा अरुका लागि अवसर बनेको छ । हामी मूर्ख  बनेर सही समय कुर्दै समय बेकारमा खेर फालिरहेका छौं ।

काम गर्नका लागि खास समय, खास मूहुर्त भन्ने हुँदैन । हामी जुन बेला शुरू गर्छाैं, त्यही सही समय हो । यसमा शंका छैन । निल आर्मस्टङ, एडमन्ड हिलारी, मार्कोनि, ग्रामबेलले सही समय मूहुर्त पर्खेर बसेको भए आज हामीसँग न रेडियो हुन्थ्यो, न त टेलिफोन, न सगरमाथाको महिमा र अन्तरिक्षको ज्ञान । हामी ढुंगे युगमा नै हुन्थ्यौं ।

कोही भाग्य र मेहनत सँगसँगै जान्छ भन्छन् । कोही मेहनतले भाग्यलाई डोर्‍याउँछ तर कोही भाग्यले डोर्‍याएर मानिस परिश्रमी हुन्छ, सफल बन्छ, सबै भाग्यको खेल हो भन्छन् । आखिर मेहनत सबथोक हो भने भाग्य किन चाहियो त ?

तर केही मानिसलाई भाग्यले साथ दिएर बनेको उदाहरण हामी बाहिरबाट सर्सर्ती हेर्दा देख्छौं तर उसले भित्रभित्र गरेका अहोरात्र मेहनत, परिश्रम, यत्न, चुनौती र कठिनाइ हामीलाई ज्ञात हुँदैन । हामी केवल बाहिरको दृश्य देख्छौं । मेहनत विना कुनै सफलता सम्भव छैन । यदि कुनै सम्भव छ भने त्यो हाम्रो भ्रम हो या अज्ञानता जहाँ हामी विना मेहनत सफल भएको अगाडि बढेको भ्रम पालेर बसेका छौं ।

मार्टिन लुथर किङको भनाइमा ‘रुख बन्न नसके पनि झाडी, राजमार्ग नभए पनि गोरेटो, सूर्य नबने पनि तारा बन, सफलता र असफलताको कुनै आकार हुँदैन तसर्थ सक्दो मेहनत गर’ । बाइबलमा केवल कुराले गरीबीतर्फ लैजाने तर कडा परिश्रम र मेहनतले फल मिल्ने उल्लेख छ । सबै धर्मशास्त्रमा श्रम र मेहनतबारे बताइएको छ । कुरानका अनुसार ‘कडा मेहनत विना मानिसले कुनै चिज प्राप्त गर्न सक्दैन’ । हिन्दू शास्त्रमा कर्मलाई नै पूजा, साधना, प्रार्थना मानिन्छ ।

यी सबै कुराका पछाडि ‘फर्स्ट थिङ्स् फर्स्ट’को अवधारणालाई मूलमन्त्र मानेमा मेहनत, लगन र निरन्तरताका साथ भाग्यको आशिर्वाद रहन्छ नै । हरेक मेहनतका पछाडि ‘उद्देश्यपूर्ण प्रयासहरू’ हुनुपर्छ, ताकि ‘काउली रोपेर गोलभेडा फल्दैन’ यो ज्ञान जरुरी छ ।

एकजना मेरो परममित्रको अनुभवमा उद्देश्यमूलक कर्मका लागि सहज सञ्चार उपलब्धताबाट वञ्चित भई एकाग्रतामा जुट्नुपर्छ । 

अरुका लागि सहज र आफ्ना लागि हैरानीमा हामी बाँचिरहेका छौं । फेरि भन्छौं ‘भाग्यमा छैन, बल गरेर कहाँ हुन्छ ?’ तर भाग्य छ भनेर डोकोमा दूध दुहेमा अडिन्छ र ? मेहनत मात्रले पुग्दैन अर्थपूर्ण, एकाग्रपूर्ण, उद्देश्यपूर्ण कर्म हुनुपर्छ । यसैलाई पश्चिमाहरू ‘फर्स्ट थिङ फर्स्ट’ भन्छन् । हामी प्राथमिकता भनिरहन्छौं, भाषा अलग भए पनि अर्थ एउटै छ ।

मेहनतले मात्र पुग्दैन, आखिर अरु के चाहिन्छ त ? कुरा गम्भीर छ । यसमा केही विश्व प्रसिद्ध उद्योगी–व्यवसायीको भनाइ स्मरणीय छ । चिनियाँ धनाढ्य ज्याकमालाई तेलअभिव युनिभर्सिटीमा ‘तपाईं आफ्नो सन्तानलाई के बनाउन चाहनुहुन्छ ?’ भनेर सोध्दा जवाफमा उहाँले भन्नुभयो, ‘मेरो मार्गमा नआऊ, किनभने यो मार्ग कठिन र एकान्त छ । जहाँ सामाजिक जीवन छैन ।’ यसबाट के प्रस्ट हुन्छ कि सफलता सहज कुरा होइन, जसमा मेहनतले मात्र पुग्दैन, मेहनतको अतिरिक्त लगन, धैर्यता, एकाग्रता र लक्ष्य केन्द्रित प्राथमिकताको निर्धारण आवश्यक छ ।

संसारमा सबै देश र महादेशका मानिसहरू काममा व्यस्त छन् तथापि सफल, धनी र सुखी छैनन् । विश्वको अर्थतन्त्र झण्डै विश्वका २००० जना जति धनाढ्य व्यक्तिको हातमा छ ।

मेहनतले मात्र पुग्दैन, किनभने अवसर–चुनौती, फाइदा–बेफाइदा केलाउने, विश्लेषण गर्ने क्षमता जरुरी छ, जसले प्राथमिकता बनाउँछ र अर्थपूर्ण मेहनत गर्छ, ऊ सफल बन्छ । कोरोना महामारी हामी जस्ता गरीब देशका मानिसहरूका लागि भयानक मृत्यु बन्यो, जबकि यही महामारीमा विश्वका १० धनीहरूको सम्पत्ति दुगुना भएको कुरा गूगलमा उल्लेख छ ।

मेहनत र लगन सँगसँगै आउँछ तर अवसर र चुनौतीलाई बिर्सेर केवल मेहनतको सुगा रटाइलाई योगी नरहरीनाथले भनेझै ‘दूधभन्दा पानी महंगो’को उदाहरण मान्न सकिन्छ । हुन त स्कूलको पूरा अर्थ लगाउने हो भने व्यवस्थित शिक्षा सिक्नु, जान्नु र बुझ्नु समेत अर्थ लाग्छ, जसमा मेहनतलाई मात्र सीमित गरिन्न ।

हाम्रा विद्यालयमा मेहनत गर्न सिकाइन्छ तर मेहनतको साथमा चाहिने अन्य अत्यावश्यक अवयवहरू खुलाइन्न । मेहनत गर्दा समय, लागत र उद्देश्यमा ध्यान पुर्‍याउनुपर्छ । सबैले मेहनत गरेको छु, सफल हुन्छु भन्ने गर्छन् तर सबै मेहनत गर्ने सफल छैनन् । सफलता र असफलताबारे समीक्षा गर्न कठिन छ तर अपरिहार्य छ ।

बौद्धिक मेहनत र शारीरिक मेहनतलाई आ–आफ्नै तरिकाले व्याख्या गरिन्छ । दिमाग चलाएर मेहनत गर्ने र शारीरिक श्रम गर्ने अर्थात् ब्लू कोलार र ह्वाइट कोलार इम्प्लोेइ गरी वर्गीकरण गरिन्छ । हेनरी फोर्डले काम र जीवनको सन्तुलन गर्ने धारणा शुरू गरेर कामको समय निर्धारण गरेका थिए । मेहनत, श्रम र कर्मले मात्र व्यक्तिको उद्धार नभई व्यवस्थापन सहितको उद्देश्य सहितको कार्यले सफलता मिल्छ । शारीरिक श्रम गर्नेको दाँजोमा बौद्धिक श्रम गर्नेको कमाइ अति धेरै छ । कुरा प्रस्ट छ – बौद्धिकहरू उद्देश्यपूर्ण श्रम गर्छन्, शारीरिक श्रम गर्नेहरू केवल श्रम मात्र गर्छन् । जहाँ उद्देश्यको भूमिका छैन, त्यहाँ परिणाम पनि छैन । यसरी मेहनत गर्ने मानिसहरू प्रतिफलबाट चुकेका छन् ।

मेहनत गर्ने रटान छाडेर कसरी कार्य गर्दा नतिजामुखी मेहनत गर्न सकिन्छ भन्ने विषयमा दिग्गज अनुभवी व्यक्तित्वका चिन्तन, सोच, कार्य, जीवनशैलीलाई अवलम्बन गरेर अधिक मेहनतबाट विना प्रतिफल बाँच्ने जीवनशैलीलाई सुधार्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x