१४ असार २०८३, आइतबार

गठबन्धनलाई जिताउनुहोस्, हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : प्रचण्ड

कात्तिक २२, २०७९
गठबन्धनलाई जिताउनुहोस्, हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताएका छन् ।

हुम्लामा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका साझा उम्मेदवार छिरिङ्ग डम्डुल लामालाई मन्त्री बनाउने विश्वास दिलाए । प्रदेशसभा(२) का उम्मेदवार जीवनबहादुर शाही पनि कर्णाली प्रदेशको पुनः मुख्यमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सातै प्रदेश र संघमा गठबन्धनकै सरकार बन्ने बताए ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हुम्लालाई उत्तर पश्चिमसम्मा सडकमा जाड्ने बताए । गठबन्धन सरकारले हुम्लाको हिल्सालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बताए । उनले भने, ‘कर्णालीको विकास र रोजगारी सिर्जना गर्नेका लागि निर्वाचन संघीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुनेछ ।’

कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यातायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका १० वटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उपसभापति खड्काले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्