२२ असार २०८३, सोमबार

चितवनमा चुनाव गराउन ३ हजार बढी कर्मचारी खटिँदै

कात्तिक २२, २०७९
चितवनमा चुनाव गराउन ३ हजार बढी कर्मचारी खटिँदै

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चितवन जिल्लामा ३ हजार ६८० कर्मचारी खटिने भएका छन् ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि उनीहरू खटिन लागेका हुन् ।

निर्वाचन सम्पन्न गर्नका लागि चितवनका सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित ८–८ जना कर्मचारी परिचालन हुनेछन् । उनीहरूसँगै हरेक मतदान केन्द्रमा ४ जना स्थानीय स्वयंसेवक कर्मचारी पनि रहनेछन् ।

जिल्लामा १६१ मतदानस्थल रहेका छन् । जसमा ४६० मतदानस्थल तोकिएको छ । ती सबै मतदानस्थलमा निर्वाचन अधिकृतसहित ८–८ जनाको दरले ३ हजार ६८० कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्