३१ असार २०८३, बुधबार

निर्वाचनलाई सफल तुल्याउन ७२ घण्टा सीमा बन्द गरिने

कात्तिक २२, २०७९
निर्वाचनलाई सफल तुल्याउन ७२ घण्टा सीमा बन्द गरिने

आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ । शान्ति सुरक्षाका विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठकले सो निर्णय गरेको हो । 

भारतको किसनगञ्जमा भएको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकरी काशीराज दाहाल, झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालसहित दुवै जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख तथा भारतको तर्फबाट डिएम श्रीकान्त शास्त्रीसहित एसपी, एसडिएम, सीमाका एसएसवी प्रमुखको सहभागिता रहेको थियो ।

बैठकमा लागुऔषध ओसारप्रसारमा नियन्त्रण गर्ने, दुवै देशले आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने तथा संयुक्तरुपमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा गस्ती गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए । उनले सो अवधिमा एम्बुलेन्स आवतजावत गर्न र विवाह भएमा संयुक्तरुपमा समझदारीमा पास दिने निर्णय पनि भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्