२५ असार २०८३, बिहीबार
मध्यरातमा भूकम्प

सुदूरपश्चिममा भूकम्पको शक्तिशाली झड्का

कात्तिक २३, २०७९
सुदूरपश्चिममा भूकम्पको शक्तिशाली झड्का

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी असपासमा भूकम्पको धक्का मशसुश भएको छ । बुधवार बिहान २ बजेर १२ मिनेटको आसपासमा भूकम्पको धक्का महसुश गरिएको हो ।

भूकम्पको धक्का कैलाली आसपासका जिल्लामा समेत महसुश गरिएको छ । भूकम्प गएपछि धनगढीमा सर्वसाधारण केहीबेर घरबाहिर निस्केका थिए ।

झण्डै  १० सेकेण्डसम्म हल्लाएको सर्वसाधारणले प्रतिक्रिया जनाएका छन् । 

भारतीय समाचार संस्था एनएनआइले भूकम्पको धक्का दिल्लीमा समेत महसुश  भएको जनाएको छ । ​

यसअघि मंगलवार राति खप्तड राष्ट्रिय निकुञ्ज डोटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव  १ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो । 

अपडेटःराष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधवार बिहान २ बजेर १२ मिनेटको समयमा खप्तड राष्ट्रिय निकुञ्ज लाइ केन्द्र बनाएर ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्