
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छन् ।
मंगलवार राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थिति चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिंहदरबारसँग जोडेको बताएका हुन् ।
'मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरूले मन्त्री बन्ने अवसर जुटाइदिनु भएको छ', मन्त्री अथकले भने, 'मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोडे सफल भएको छु ।'
आफ्नो ५ वर्षे कार्यकालमा पटक पटक संसदमा बाँकेका समस्याहरू उठाएको स्मरण गर्दै बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका मन्त्री अथकले भने, 'बाँकेको पहुँच सिधै सिंहदरबारसम्म स्थापित भइसकेको छ । यहाँको विकासका निम्ति म सधैं प्रतिबद्ध छु, फेरि पनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु ।'