
मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नचिकिँदै जाँदा कलाकारहरू पनि विभिन्न दल एवं उम्मेदवारको पक्षमा खुल्दै गएका छन् ।
यसै क्रममा अभिनेत्री निशा अधिकारी डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको पक्षमा मत मागेकी छिन् ।
उनले ढकालको तस्वीर फेसबुकमा राख्दै मत मागेकी हुन् ।
उनले लेखेकी छिन्, ‘यसपाली भोट हाल्दा देशको बारेमा सोचौं ।’
ढकालले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निशाले अभिनेत्री रेखा थापाका लागि पनि मत मागेकी छिन् ।