१५ असार २०८३, सोमबार

भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न अध्यक्ष प्रचण्डको निर्देशन

कात्तिक २३, २०७९
भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न अध्यक्ष प्रचण्डको निर्देशन
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाई गएको भूकम्पबाट प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधवार एक वक्तव्य जारी गर्दै उनले भूकम्पबाट पीडितलाई राहत तथा पुनःस्थापनाका लागि पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र संघीय सरकारसँग अपिल गरे ।

पूर्व प्रधानमन्त्री प्रचण्डले भूकम्पमा परी घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

बुधवार राति डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पबाट घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने अरु ६ जना घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्