१० साउन २०८३, आइतबार

निर्वाचनपछि केन्द्र र प्रदेशमा गठबन्धनकै सरकार बन्छ : डा. महत

कात्तिक २३, २०७९
निर्वाचनपछि केन्द्र र प्रदेशमा गठबन्धनकै सरकार बन्छ : डा. महत
फाइल फोटो

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका छन् ।

उनले भने, ‘निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी हुन्छन् । केन्द्र र ७ प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ ।’

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन टेलिभिजन समन्वय तथा प्रचार समितिद्वारा बुधवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले सम्पूर्ण नागरिकहरूलाई जोड्न नेतृत्व गर्ने पार्टी कांग्रेस मात्र भएको बताए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक समेत रहेका नेता डा. महतले भने, ‘कांग्रेसले अन्य दलको जस्तो सपना बाँड्न काम गर्दैन, जे बोल्छ त्यो पूरा गर्छ ।’

मुलुकमा पछाडि परेका लक्षित वर्गलाई केन्द्रविन्दुमा राखेर पार्टीले विभिन्न योजना ल्याएको जानकारी दिँदै उनले कोखदेखि शोकसम्म, ज्येष्ठ नागरिक उपचार, सामाजिक सुरक्षा भत्तामा ६५ वर्षमा प्राप्त गर्ने जस्ता कार्यक्रम आफ्नो चुनावी घोषणा पत्रमा ल्याएको बताए । एक प्रश्नको जवाफमा पार्टीका प्रवक्ता डा. महतले मुलुकमा रोजगारीको सिर्जना गर्न, निजी क्षेत्रलाई प्रोत्साहन गर्न र सरकारले उद्योग सञ्चालन गर्नु हुँदैन भनेर सरकारी उद्योग निजी क्षेत्रमा हस्तान्तरण गरेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्