०१ साउन २०८३, शुक्रबार

भाइरल बन्यो बक्सर जरीनको सलमानसँगको रोमान्टिक भिडियो

कात्तिक २३, २०७९
भाइरल बन्यो बक्सर जरीनको सलमानसँगको रोमान्टिक भिडियो

भारतकी चर्चित महिला बक्सर निकत जरीन बलिउड सुपरस्टार सलमान खानलाई निकै धेरै प्रेम गर्छिन् । 

उनले धेरै अन्तर्वार्तामा आफूले बक्सिङलाई जस्तै सलमानलाई पनि माया गर्ने बताएकी छन् । 

यसैबीच, उनले आफ्नो ट्विटर एकाउन्टमा एउटा भिडियो शेयर गरेकी छिन् ।

जसमा उनी सलमान खानसँग देखिएकी छिन् ।

यस भिडियोमा निकत सलमानसँग उनको फिल्म ‘लभ’ को गीत ‘साथिया टुने क्या किया’ मा अभिनय गर्दै देखिएका छन् ।

 यो भिडियो सेयर गर्दै निकतले क्याप्सनमा लेखेका छन्, 'अन्ततः पर्खाइ सकियो।' 

अहिले सामाजिक सञ्जालमा दुवैको यो भिडियोलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्