१२ असार २०८३, शुक्रबार

चुनाव नजिकिएसँगै व्यवसायिक गीत रिलिजमा कमी

कात्तिक २३, २०७९
चुनाव नजिकिएसँगै व्यवसायिक गीत रिलिजमा कमी
तस्वीर: दुई दिनअघि सार्वजनिक ‘छोडी नजानु है,’ गीतको भिडियोमा मेक्सम खाती र रेश्मा घिमिरे ।

चुनाव नजिकिएसँगै व्यवसायिक गीत रिलिजमा कमी आएको छ ।

युट्युबमा चुनावलक्षित गीतहरू धमाधम सार्वजनिक भइरहेका छन् ।

व्यवसायिक गीतहरूको संख्यामा भने आधाले भन्दा कमी आइसकेको छ । 

आउँदा दिनमा व्यवसायिक गीतहरूको संख्यामा अझ कमी आउने निर्देशकहरू बताउँछन् ।

धेरै लगानीकर्ता एवं निर्देशकहरू तयार भिडियो पनि चुनावपछि मात्रै सार्वजनिक गर्ने तयारीमा छन् । 

यतिबेला दर्शकहरूको ध्यान चुनावमा हुने भएकाले व्यवसायिक गीतहरूमा कमी आएको हो । 

कलाकार शिशिर भण्डारीले आफ्नो नयाँ गीतले अपेक्षित भ्युज नपाउनुमा चुनावी माहोल कारण हुनसक्ने अनुमान गरेका छन् । 

‘हैन चुनाव लागेर हो त हाम्रो नयाँ गीतको भ्युज नगएको ? कि गीतै राम्रो भएन ?’ शिशिरले फेसबुकमा दर्शकलाई प्रश्न सोधेका छन् । 

मोडल विमल अधिकारी अब आफूले चुनावपछि मात्रै नयाँ गीत सार्वजनिक गर्ने बताउँछन् । 

‘एक दुई दिनमा दुईवटा गीत सुटिङका लागि निस्किँदैछु । तर, सार्वजनिक भने चुनाव भएर नतिजा सार्वजनिक भएपछि मात्रै गर्ने हो’ उनले भने ।

निर्देशक मदन खड्का चुनावसम्म व्यवसायिक गीतहरू कमै आउने बताउँछन् । 

चुनावको एक साता पछिसम्म व्यवसायिक गीतहरूको बजार सुस्ताउने उनको बुझाई छ ।

 

salt training

कमेन्ट गर्नुहोस्