
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् ।
झापाको दमकमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तिनका विचार, व्यवहार हेरेर मात्रै मंसिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे ।
उनले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम मतदाताको रोजाइ एमाले रहेको समेत बताए ।