०७ असार २०८३, आइतबार

कतारमा हुने फिफा विश्वकपलाई सफल बनाउन नेपाली समुदायलाई आग्रह

कात्तिक २३, २०७९
कतारमा हुने फिफा विश्वकपलाई सफल बनाउन नेपाली समुदायलाई आग्रह

कतारको दोहास्थित नेपाली दूतावासले फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन त्यहाँस्थित नेपाली समुदायलाई आग्रह गरेको छ । दूतावासले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित विश्वकप सफल बनाउन आग्रह गरेको हो । 

विश्वकप प्रतियोगिता भएका कारण विश्वको ध्यान कतारको दोहातर्फ केन्द्रित भएको जनाउँदै कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालले विश्वकपलाई सफल बनाउन जिम्मेवारपूर्वक सहयोग गर्न आग्रह गरे । यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप एशिया क्षेत्रको कतारमा हुँदैछ । 

नेपालीले कतारको विकास तथा समृद्धिका लागि पु¥याएको योगदानको कतार सरकारका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरिरहेको भन्दै उनले दुवै मुलुकले अन्तर्राष्ट्रियस्तरमा शान्ति र विकासका लागि समान धारणा राख्दै आएको स्मरण गरे । राजदूत ढकालले दुई देशबीचको सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पु¥याउन सबैले सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्